आज: २०८२ मंसिर ८, सोमबार | Mon, 24, Nov, 2025

कास्कीको अन्नपूर्ण आसपास केन्द्रबिन्दु भएर भूकम्प

२०८२ मंसिर ८, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) ५२८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

पोखरा ८ मंसिर ।

कास्की जिल्लाको अन्नपूर्ण आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार कास्कीको अन्नपूर्ण—२ आसपासको क्षेत्रमा केन्द्रविन्दु बनाएर आइतबार साँझ ५ः१९ मिनेटको समयमा चार ‘रेक्टरस्केल’को भूकम्प गएको हो ।

यसअघि पनि गत कात्तिक २१ मा अछामको बाबला आसपास केन्द्रविन्दु बनाई चार रेक्टरस्केलको भूकम्प गएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस