आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

आफनै शरीरमा आगो लगाएका पुरुषको मृत्यु

२०८२ मंसिर १०, बुधबार मा प्रकाशित ( ३ महिना अघि) ३४४२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सर्लाही -१० मंसिर ।

सर्लाहीको लालबन्दीमा आफनै शरीरमा आगो लगाएका एक पुरुषको मृत्यु भएको छ।

मङ्गलबार (हजो ) साँझ पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका( ७, मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर झापाको गौरादह नगरपालिका(२,का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलले आफ्नै शरीरमा आगो लगाएका थिए ।

घटनापछी गम्भीर घाइते भएका पोख्रेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो। पोखरेललाई लालबन्दीको एक स्वास्थ्य संस्थामा सामान्य उपचार गरी प्रहरीले राति नै थप उपचारका लागि प्रादेशिक अस्पताल लगेको थियो।

तर उपचारकै क्रममा आज बिहान २ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस