आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

मौसम सम्वन्धि जानकारी : कस्तो रहन्छ त आजको मौसम ?

२०८२ मंसिर १३, शनिबार मा प्रकाशित ( ३ महिना अघि) ३१९४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -१३ मंसिर ।

हाल देशभर वर्षा गराउने कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव परेको अवस्था नरहेपनि चिसो भने बड्दै गएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(शनिबार)बिहान गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा छ।

आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस्तै शनिबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।

तर देशभरको मौसममा वर्षा गराउने कुनै सक्रिय प्रणाली नभएता पनि चिसो भने बड्दै गरेको अवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस