आज: २०८३ भाद्र २८, आईतबार | Sun, 13, Sep, 2026

राजासहितको सर्वपक्षीय सम्मेलनबाट देशमा निकास दिन राप्रपाको माग

२०८२ मंसिर १४, आईतबार मा प्रकाशित ( ९ महिना अघि) ७०३८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ- १४ मंसिर।

राष्ट्रीय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री सुशिला कार्कीलाई भेट गरेर पाँच बुँदे माग राखी ज्ञापनपत्र बुझाएको छ ।

शनिबार अध्यक्ष राजेन्द्र लिङदेनसहितको टोलीले प्रधानमन्त्री कार्कीलाई भेटेर पाँच बुँदे पार्टीको धारणा पेश गर्दै राजा, राजनीतिक दल र जेनजी लगायतका पक्षधरहरू सम्मिलित सर्वपक्षीय सम्मेलनको आयोजनाबाट देशलाई निकास दिन माग गरेको हो ।

राप्रपाले भदौ २३ र २४ गते भएको जेन्जी विद्रोह र त्यस पश्चात मुलुकमा उत्पन्न राजनितिक परिस्थितिले वर्तमान सरकारको गठन भएको स्पष्ट पार्दै आफ्नो पार्टीको धारणा राखेको छ ।

राप्रपा ले सुशीला कार्कीको सरकार केवल २०८४ सालमा हुनुपर्ने आवधिक संसदीय निर्वाचन २०८२ सालमा गर्नको लागि मात्रै बनेको, होइन भन्ने राप्रपाको दृष्टिकोण रहेको उल्लेख गर्दै फागुन २१ गते सम्पन्न हुने भनिएको आम निर्वाचन अगावै वर्तमान सरकारबाट तत्काल राजासहित सर्वपक्षीय सम्मेलनको आयोजनाबाट देशलाई निकास दिन माग गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस