आज: २०८२ मंसिर २२, सोमबार | Mon, 08, Dec, 2025

‘अपाङ्गता समावेशी समाजको प्रवर्धनःसामाजिक उन्नतिको संवर्द्धन भन्ने नारामा आज अपाङ्गता दिवस मनाइँदै

२०८२ मंसिर १७, बुधबार मा प्रकाशित ( ५ दिन अघि) १७०६ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता

धादिङ १७ मंसिर ।

आज ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष सरकार र यससंग सरोकार राख्ने सरकारी तथा गैह्रसरकारी संंघ संस्थाहरुको सयुक्त रुपमा समाजमा अपाङ्गता भएका व्यक्तिका हक,हित र सम्रेक्षणका निमित्त यस दिवस मनाउने गरिएको हो ।

अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्धनका लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको सहभागितामा विश्वव्यापी रुपमा यस दिवस मनाउन थालिएको हो।

यो वर्ष दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्धनः सामाजिक उन्नतिको संवर्द्धन’ को उदेस्यका साथ यो दिवस मनाईने भएको हो । यस नाराले मुख्यतया अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराएको छ।

केही वर्षअघिदेखी सरकारले कानुन नै निर्माण गरी अपाङ्गता भएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम निजी संरचना आदिमा उनीहरूको आवश्यकता अनुसारको मैत्रीपूर्ण भौतिक संरचना निर्माण गर्न पनि व्यवस्था गरेको छ ।

नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचान सहिको मर्यादा र आत्मसम्मान पूर्ण जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ । तर अझैपनि कानुनको कार्यन्वयन तहमा सम्वन्धित निकाय र सरोकारवालाले सुधार गर्नु पर्ने अवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस