आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

२०८२ मंसिर १९, शुक्रबार मा प्रकाशित ( २ महिना अघि) २८५३ पटक पढिएको
नारी बाटिका


नारीवाटिका संवाददाता

बैतडी -१९ मंसिर ।

बैतडी जिल्लाको सूर्नया गाउँपालिका–५ कठेगौड नजिक मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

सूर्नया गाउँपालिका–४ सन्सेरीमाण्डौबाट धनगढीतर्फ जाँदै गरेको भे १ क १६३९ नम्बरको मिनि ट्रक बिहीबार राति करिब १२ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा परी ट्रक चालक सूर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।

दुर्घटना भएको उक्त खाली ट्रकमा चालक मात्र सवार रहेको र घटनास्थलमै उनको मृत्यु भएको हो। घटनाबारे स्थानीय बटुवाले आज बिहान करिब ८ बजेतिर मात्रै ट्रक सडकबाट खसेको देखेर प्रहरीलाई खबर गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस