
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ २० मंसिर ।
धादिङको पृथ्वी राजमार्गमा पर्ने धुनिबेसी–६ चालिसेमा सातवटा सवारी एकै ठाउँमा दुर्घटना भएको छ । सातवटा सवारी साधन एकै पटक दुर्घटना हुँदा घाइते भएका मध्ये २७ जनालाई उद्धार गरी अस्पतालमा पठाइएको छ।
केही बेरअघि २७ जनालाई उद्धार गरिएको र २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । साथै घाईतेको थप उपचारका लागि काठमाडौँ तर्फ पठाइएको छ।
उक्त स्थानमा स्कुल बससहित चारवटा बस, दुईवटा ट्रक र एउटा मोटरसाइकल एकै पटक दुर्घटनामा परेका हुन्। प्रहरीका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएर अन्यन्त्रित भएपछी अन्य सवारीलाई समेत ठक्कर दिँदा दुर्घटना भएको हो।
घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए। दुर्घटनापछि सडकमा यातायात पूर्णरुपमा अवरुद्ध भएको थियो। दुईवटा बसमा सवार अधिकांश यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस