
नारी बाटिका
नारी वाटिका संवाददाता
मकानपुर -२१ मंसिर ।
हेटौँडा बजार क्षेत्रमा सडक सीमा विस्तारका क्रममा ५३१ घर तथा टहरा भत्काइएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले रातोमाटेदेखि मकवानपुर उद्योग वाणिज्य चोक र बुद्धचोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मको सडक छेउमा रहेको स्थाई तथा अस्थाई संरचना हटाउनका लागी डोजर चलाइएको हो।
सडकलाई फराकिलो बनाउनको लागी घरटहरा भत्काउँदा विद्युत्, टेलिफोन र इन्टरनेट सेवामा अवरोध आएको छ भने बजार क्षेत्रमा अस्तव्यस्त बनेको देखिन्छ। सडक डिभिजन कार्यलयले सुरक्षा बल परिचालन गरी सडक विस्तारको कार्य अघि बढाइएको थियो।
सडक डिभिजन कार्यलयले यसअघि मंसिर ५ गते १५ दिने सूचना जारी गर्दै सडक सीमाभित्रका संरचना हटाउन घरधनीलाई आग्रह गरिएको थियो। तर, सर्वोच्च अदालतले शुक्रबार सडक विस्तार कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। आदेशको अवज्ञा गर्दै केही घरटहरा भत्काइएको भन्दै स्थानीको आक्रोश छ।
मकवानपुर उद्योग वाणिज्य संघको भवन भत्काउँदा उद्योग बाणिज्य संघ निकै आक्रोश बनेको छ, तर डिभिजन कार्यलयले पुर्व सुचना दिएर तोकेको समयसम्म संरचना हटाउन नचाहेका कारण डोजर चलाइएको सडक डिभिजन कार्यलयको एक स्रोतले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस