आज: २०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

पोखरा  विमानस्थलमा भ्रष्टाचार,५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध मुद्दा दायर

२०८२ मंसिर २१, आईतबार मा प्रकाशित ( ९ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

पोखरा -२१ मंसिर ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार आभियोगमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै ८ अर्ब रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सो प्र्रकरणमा पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी(दिवंगत),रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्य लगायतलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो ।

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि सोही प्रकरणमा प्रतिवादी बनाइएको छ । दुवै जना नलिन्चोक हेलिपोर्ट निर्माणका पनि अनियमितता गरेको आरोपित हुन् ।

सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार तथा विमानस्थल निर्माणसम्बन्धीका अध्ययन कार्यादलका तत्कालीन संयोजक रामकृष्ण तिमल्सेना, सुरेशमान श्रेष्ठ, मधुकुमार मरासिनी लगायतका १०जना पूर्वसचिवहरूलाई प्रतिवादी बनाइएको छ ।

छानविनका लागी बनेको उपसमितिले विमानस्थल निर्माणमा झण्डै १० अर्ब भ्रष्टाचार भएको दाबीसहितको प्रतिवेदन समितिलाई बुझाएको थियो भने सोही प्रतिवेदनलाई समितिले थप अनुसन्धानका लागि अख्तियारमा बुझाएको थियो । प्रतिवेदन बुझाएको ७ महिनापछि आजै अख्तियारले अनुसन्धानको अन्तिम रुप दिने विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस