
नारी बाटिका
नारी वाटिका संवाददाता
पोखरा -२१ मंसिर ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार आभियोगमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै ८ अर्ब रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सो प्र्रकरणमा पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी(दिवंगत),रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्य लगायतलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो ।
त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि सोही प्रकरणमा प्रतिवादी बनाइएको छ । दुवै जना नलिन्चोक हेलिपोर्ट निर्माणका पनि अनियमितता गरेको आरोपित हुन् ।
सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार तथा विमानस्थल निर्माणसम्बन्धीका अध्ययन कार्यादलका तत्कालीन संयोजक रामकृष्ण तिमल्सेना, सुरेशमान श्रेष्ठ, मधुकुमार मरासिनी लगायतका १०जना पूर्वसचिवहरूलाई प्रतिवादी बनाइएको छ ।
छानविनका लागी बनेको उपसमितिले विमानस्थल निर्माणमा झण्डै १० अर्ब भ्रष्टाचार भएको दाबीसहितको प्रतिवेदन समितिलाई बुझाएको थियो भने सोही प्रतिवेदनलाई समितिले थप अनुसन्धानका लागि अख्तियारमा बुझाएको थियो । प्रतिवेदन बुझाएको ७ महिनापछि आजै अख्तियारले अनुसन्धानको अन्तिम रुप दिने विशेष अदालतमा मुद्दा दायर गरेको हो ।







प्रतिक्रिया दिनुहोस