आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

पश्चिमी वायुको प्रभाव, पहाडी क्षेत्रमा आंशिक मौसम बदली

२०८२ मंसिर २३, मंगलबार मा प्रकाशित ( २ महिना अघि) २८२२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२३ मंसिर ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोही प्रभावले मंगलबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक रुपमा मौसम बदली भएको छ । साथै अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रहने र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। राति भने देशभर मौसम मुख्यतया सफा रहने छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस