आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

पश्चिमी क्षेत्र भएर स साना भूकम्प जानेक्रम जारी, दार्चुला केन्द्रविन्दु भएर भूकम्प

२०८२ मंसिर २४, बुधबार मा प्रकाशित ( २ महिना अघि) ३१९४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
दार्चुला -२४ मंसिर ।

पछिल्लो समयमा नेपालको पश्चिमी क्षेत्र भएर स -साना भूकम्प जानेक्रम जारी छ । त्यस्तै दार्चुला जिल्लाको कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर मंगलबार राति ९ः२४ मिनेटको समयमा चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो।

यसअघि शोमबार साँझ पनि बाजुरा जिल्लाको मार्तडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर स -साना भूकम्प जाने क्रम जारी रहेको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस