आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

नारी जागरण केन्द्रद्वारा लैगिक हिंसा बिरुद्ध अभियानमा जेष्ठ जेष्ठनागरिक आमाहरुसंग कार्यक्रम

२०८२ मंसिर २४, बुधबार मा प्रकाशित ( २ महिना अघि) ६२६३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२४ मंसिर ।नारी जागरण केन्द्रधादिङले १६ दिने लैगिक हिंसा बिरुद्धको अवसरमा जेक्ष्ठ नागरिक तथा महिला समुहसंग अन्तर्रक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समयमा नेपाली समाजका घर घरमा कार्य वेस्तता तथा वैदेशिक रोजगारीलगायतका कारण जेष्ठनागरिकप्रतिको परिवार,छोरा छोरी तथा बुहारीले वृद्धवृद्धाहरुमा हेरचाह भन्दापनि र वेवास्ता गर्ने प्रवृति बढ्दै गएको अवस्था छ ।वृद्धवृद्धाहरु अभिभावक र परिवारको सम्रक्षक हुन् । त्यसैले उनीहरुको आदर,मार्या ममता गरी आशिर्वाद,सल्लाह सुझाव लिएर अघि बढ्न सके हरेक घरका सन्तानले आफुलाई सही बाटोमा हिडाउन सक्छ भन्ने मान्यताका साथ जेष्ठनागरिकसंग हामी भन्ने मान्यता राखी उहाँहरुसंग कार्यक्रमको आयोजना गरिएको केन्द्रले जनाएको छ ।यसका साथै आफ्ना सन्तान र परिवारभित्रका सदस्यको माया ममता र हेरचाह गरी आफ्नो जिवन नै परिवारको लागी समर्पण गर्ने आमा,हजुरआमा,हजुरबा तथा बाहरु विचलित बन्नु परेको अवस्थाले हिजो आज वृद्धवृद्धाहरुमा मानसिक समस्यासमेत बढेको देखिन्छ । सोही अवस्थाको न्युनिकरण वृद्धवृद्धाहरुमा उर्जा दिन अन्तर्रक्रिया कार्यक्रमले सहयोग पुग्याउने लक्ष पाईयो ।यसै अभियानको अवसरमा केन्द्रले मंगलबारदेखी २ चरणमा उनीहरुलाई सहभागीतामा कार्यक्रम अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।नारी जागरण केन्द्र र नारी विकास महिला सहकारी संस्थाको संयुक्त आयोजनामा म.गलबार जेष्ठनागरिकमा अन्तर्रक्रिया कार्यक्रम  गरिएको थियो ।साथै  बुधबार महिला समुहको सहभागितामा सामाजिक संन्जालको दुरुपयोगले हिंसा हुनुको सम्वन्ध विषयक धादिगवेसीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रम कै क्रममा केन्द्रले वृद्र वृद्रा हरुलाई तागतिलो खानेकुराको रुपमा अण्डा, चिनी चियापत्ती,वि्किट लगायतका सामग्री हरु पनि वितरण गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%२%

प्रतिक्रिया दिनुहोस