आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

अन्तरिम सरकारमा चार मन्त्री थपिए,नवनियुत्त मन्त्रीले आजै शपथ लिए

२०८२ मंसिर २६, शुक्रबार मा प्रकाशित ( २ महिना अघि) २६०५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -२६ मंसिर।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा चार मन्त्रीहरु सिफारिस भएका छन् । सिफरिसमा परेका नवनियुक्त चार मन्त्रीहरुले आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित एक समारोहमा चार मन्त्रीले शपथ लिएका हुन् । मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् ।

अन्तरिम सरकार प्रमुख सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नु भएको हो । मुलुकमा अन्तरिम सरकार गठनपछीको यो चौथो मन्त्रिपरिषद् बिस्तार गरिएको हो । मन्त्रीमा सिफारिस भएका उनीहरुको कार्यकाल करिव ३ महिनाको मात्र रहनेछ ।यससंगै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा १४ सदस्यीय रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस