आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

आज अपराहन्न १२ बजे ५४ मिनेट जाँदा मनाङमा भूकम्प

२०८२ मंसिर २८, आईतबार मा प्रकाशित ( २ महिना अघि) १३६५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२८ मंसिर ।

आइतबार मनाङमा भूकम्प गएको छ । आज अपराहन्न १२ बजे ५४ मिनेट जाँदा मनाङको थोचे केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जनाए अनुसार पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्प जानेक्रम जारी छ ।

यसअघि मंसिर २३ गते पनि दार्चुलामा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । साथै त्यसको एक दिनअघि मसिर २२ मा बाजुरामा ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस