नारी बाटिका
चौथो पटक बुधबार) बहिन ८ बजेका लागि सारियो
धादिङ २ पुस । बिबियु
नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनको मतदानको समय मंगलबार वेलुकी ७ बजेबाट सुरु गर्ने भएको भएपनि हुन सकेन । मंगलबार राति हुने भनिएको मतदान प्रक्रिया अन्तिम समयमा आएर स्थगित गरिएको हो।
मतदान गर्नका लागि पटक–पटक समय सर्दै राति ८ बजेका लागि तय गरिएको मतदान अन्ततः सो समय पनि सारिएर आज (बुधबार) बहिन ८ बजेका लागि सारिएको छ।
यो जाडो मौसम त्यसमाथी पनि राजधानीमा विशेष चिसो हुने गर्दछ । यस्तो चिसोमा पटक पटक महाधिवेशनको समय सरेको सरेई भएपछी लामो समयदेखि लाइनमा बसिसकेका महाधिवेशन प्रतिनिधिहरूलाई हलमा बोलाएर नेता शंकर पोखरेलले प्राविधिक कारणले गर्दा भालि बिहान ८ बजेदेखि मात्र मतदान हुने जानकारी दिनु भएको थियो ।
यसअघि पनि मगलबार दिउँसो २ बजेदेखि सुरु हुने भनिएको मतदान साँझ ७ बजे र त्यसपछि ८ बजेका लागि सारिएको थियो।








प्रतिक्रिया दिनुहोस