आज: २०८२ पौष ३, बिहिबार | Thu, 18, Dec, 2025

नेपाल प्रहरीको कार्य सम्पादन मूल्यांकन प्रणालीमा बर्गिकरण

२०८२ पौष २, बुधबार मा प्रकाशित ( १ दिन अघि) २०१६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवादाता
काठमाडौं -२ पुुस ।

धादिङ प्रहरीको कार्य सम्पादन मूल्यांकन प्रणालीमा फेरबदल हुने भएको छ। नयाँ आइजीपी आएपछि कार्यसम्पादन वस्तुगत र पारदर्शी बनाउनको लगी प्रदेश र जिल्ला प्रहरी प्रमुखको मासिक सूचकका आधारमा मूल्यांकन प्रणालीलाई फेरबदल गर्न लागिएको बताईएको छ।

प्रहरीको कार्यसम्पादन वस्तुगत र पारदर्शी बनाउन स्वचालित मूल्यांकन प्रणाली लागू गर्न यस अभ्यासलाई अघि सारिएको हो ।

अघिल्लो साता प्रहरीको नीति समन्वय समिति (पिसिसी) बैठकले कार्यसम्पादन मूल्यांकन सम्बन्धी कार्यविधि पारित गरेर यही पुसदेखि नयाँ प्रणाली लागू गर्ने निर्णय भए बमोजिम सो निर्णय पुस १ गतेदेखि लागू भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यस नयाँ कार्यविधि अनुसार हरेक महिना प्रदेश प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख तथा तालिम केन्द्रका समादेशकको तोकिएका सूचकलाई आधार मानी मूल्यांकन हुनेछ। उत्कृष्ट मूल्यांकन प्राप्त गर्ने प्रमुखलाई पुरस्कार पर्दान गर्ने साथै बढुवाका लागि प्रयोग हुने कार्यसम्पादन मूल्यांकन नम्बर पनि यसै आधारमा राखिने भएको छ।

७५ वटा सूचक तोकिएको नयाँ कार्यविधिमा प्रशासनिक कामदेखि अपराध अनुसन्धान, निरीक्षण, अन्य निकायसँगको समन्वय लगायतका विषयहरु समेटिएका छन्। प्रदेशका डिआइजीको १२५ पूर्णांक तथा जिल्ला प्रहरी प्रमुखको सय पूर्णांकमा मूल्यांकन हुने गरी नीति तय गरिएको प्रहरी प्रधानकार्यालयले जनाएको छ।

जघन्य अपराधका फरार अपराधी पक्राउ गरेमा चार नम्बर थपिनेछ भने सामान्य अपराधका फरार अपराधी पक्राउ गरेमा एक नम्बर प्राप्त हुनेछ । त्यस्तै, संगठनको परिपत्रहरू कार्यान्वयन गरे–नगरेको, समयमा कर्मचारीको रमाना गरे(नगरेको जस्ता विषयमा पनि नम्बर राखिएको छ।

मूल्यांकनका लागि जिल्लालाई पाँच श्रेणीमा वर्गीकरण गरिएको छ। जनघनत्व, अपराधको दर, भूबनोटलगायतका आधारमा प्रदेश र जिल्लाको वर्गीकरण गरिएको छ।

काठमाडौं, ललितपुर, मोरङ, पर्सा, रुपन्देही, बाँके र कास्कीलाई ‘क’ श्रेणीमा राखिएको छ भने तराईका बाँकी जिल्ला तथा बढी जनघनत्व भएका भक्तपुर र केही पहाडी जिल्लालाई ‘ख’ वर्गमा रहेका छन्।

साथै मध्यम चुनौती भएका जिल्लामा एसपी कार्यालय प्रमुख हुने र बढी सुरक्षा चुनौती तथा जोखिम रहेका स्थानमा डिएसपी कार्यालय प्रमुख हुने पहाडी केही जिल्लालाई ‘ग’ वर्गमा राखिएको छ। डिएसपी कार्यालय प्रमुख हुने अन्य पहाडी जिल्लालाई ‘घ’ तथा हिमाली जिल्लालाई ‘ङ’ वर्गमा राखिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस