
नारी बाटिका
नारी वाटिका संवादाता
धादिङ -२ पुुस । बिबियु
नेपाली कांग्रेसले दायर गरेको संसद विघटन विरुद्धको रिटमा सुनुवाई सकिएको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासमा वुधबार केही बेर अघि सुनुवाई सकिएको हो ।
जेनजी सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली कांग्रेसका तत्कालीन संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित आठ सांसदले रिट दायर गरेका थिए।
रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई समेत विपक्षी बनाएर रिट दायर गरिएको थियो ।
कांग्रेसको रिटमा संविधानले प्रतिबन्धित गरेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरी असंवैधानिक व्यक्तिको सिफारिसमा संविधान विपरीत संसद् विघटन गरिएकाले तत्काल पुनःस्थापना गर्न माग राखी रिट दायर गरिएको थियो।
सुनुवाई सकिए पनि आदेश आउन बाँकी छ ।








प्रतिक्रिया दिनुहोस