आज: २०८२ पौष ४, शुक्रबार | Fri, 19, Dec, 2025

नेपाल प्रहरीले स्पा र होटलबाट आठ नाबालिकाको उद्धार

२०८२ पौष ४, शुक्रबार मा प्रकाशित ( ४ घण्टा अघि) १११७ पटक पढिएको
नारी बाटिका


नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने पाँचजना पक्राउ
नारी वाटिका संवाददाता

काठमाडौँ- ४ पुस ।

नेपाल प्रहरीले स्पा र होटलबाट जबर्जस्ती वेश्यावृत्तिमा लगाईएका आठ बालिकाको उद्धार गरेको छ। साथै नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने पाँचजना व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सुचना प्राप्त भएपछी वेश्यावृत्तिमा लगाउने व्यक्तिहरु पक्राउ परेका नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ। ब्यूरोले बिहीबार सार्वजनिक गरेको जानकारी विवरण अनुसार अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पुष्टीपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–१२ की ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका( ४ का ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका( १ का ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगङ्गा नगरपालिका–६ का ४९ वर्षीय भीमबहादुर साउद रहेको प्रहरीले जनाएको छ।

उनीहरुका गिरोहले काठमाडौँ उपत्यकास्थित विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा गेष्टहाउस लगायत दोहोरी सेन्टरहरूमा नाबालिकालाई आर्थिक प्रलोभनमा पारी यौनशोषण र वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको भेटेपछी मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीको टोलिले छापा हानेर दोषीलाई पक्राउ गरी बालबालिकाको उद्धार गरेको हो।

बिहिबार प्रहरीले छापा मारिएका काठमाडौँ ठमेलमा संन्चालित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लब, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजाघर र खप्तड सुदूरपश्चिम गेष्ट हाउसबाट ८ जना बालिकाको उद्धार गरेको प्रवक्ता खड्काले बताए ।

पक्राउ परेकाहरूमाथि जिल्ला अदालत काठमाडौँबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस