आज: २०८२ पौष ४, शुक्रबार | Fri, 19, Dec, 2025

रुपन्देहीमा एक १७ वर्षिय युवाको वीभत्स हत्या

२०८२ पौष ४, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) ७४५ पटक पढिएको
नारी बाटिका


रुपन्देही ४ पुस ।

रुपन्देही जिल्लामा १७ वर्षीय एक युवकको वीभत्स रुपमा हत्या भएको छ। कञ्चन गाउँपालिका ३ धौलागिरीचोक घर भएका १७ वर्षीय ईशान शर्मा पौडेलको हत्या गरी मृत्यु भएको अवस्थामा शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार बिहीबार साँझ हत्या गरिएको अवस्थामा ईशानको शव नालीमा फेला परेको जानकारी दिनु भयो।

मृतक ईशानको ‘टाउकोमा प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेका हुन्। प्रहरीले उक्त घटनामा संलग्नहरूको खोजी कार्य भइरहेको जनाएको छ । मृतक युवा बुधवार साँझ ८ बजेदेखि सम्पर्क विहीन रहेका थिए।

उनको खोजी गर्ने क्रममा बिहीबार साँझ करिब ६ बजे गाउँकै नालीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।प्रहरीले घटना बारे अनुसन्धान तीव्र पारिएको छ भने सो क्रममा स्थानीयसँग सोधपुछ गर्ने काम भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस