आज: २०८२ पौष ५, शनिबार | Sat, 20, Dec, 2025

धादिङ अस्पतालको ४९औं वार्षिक उत्सव सम्पन्न

२०८२ पौष ५, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ३२ पटक पढिएको
नारी बाटिका



नारी वाटिका संवाददाता

धादिङ -५ पुस ।          बिबियु

धादिङ अस्पतालको ४९ औं वार्षिक उत्सव सम्पन्न भएको छ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

अस्पतालको वार्षिक उत्सवलाई सम्बोधन गर्नु हुदै मन्त्री थापाले अस्पतालको सेवा विस्तारको लागि आवश्यक पर्ने उपकरण, नर्सिङ क्याम्पस संचालन र अस्पतालको सेवा विस्तारको लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनु भएको छ।

हाल धादिङ अस्पताल संचालन भइरहेको जग्गा अस्पतालको आफ्नै नाममा ल्याउन पहल गर्ने पनि उहाँको भनाई छ । अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष राधिका सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वागमति प्रदेश सभा सदस्य गोविन्द लम्सालको विशेष आतिथ्यता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा विभिन्न संन्चारमाध्यमका संन्चारकर्मीहरु,विभिन्न संघ संस्थाका प्रमुख एवं् प्रतिनिधीहरु,राजनितिक दलका प्रतिनिधीहरु,गंगाजमुना गाउँपालिकाका अध्यक्ष भत्तवहादुर लामा,,अस्पताल व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस