आज: २०८२ पौष ५, शनिबार | Sat, 20, Dec, 2025

धादिङमा काठको चौपाटा प्रहारबाट एक वृद्धा महिलाको हत्या

२०८२ पौष ५, शनिबार मा प्रकाशित ( ३ घण्टा अघि) १२७२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -५ पुस ।

बिबियु

धादिङको सिद्धलेकमा वृद्धा महिलाको काठको चौपाटाले हानेर हत्या भएको छ ।

सिद्धलेक गाउँपालिका–७ पोखरीमा ९२ वर्षीया पबिमाया घलेमाथि नजिकका छिमकी ३३ वर्षीय युवकले काठको चौपाटा प्रहार गरी हत्या गरेका हुन्। पबिमायाको नजिकका छिमेकी नाति नाता पर्ने आईतराम तामाङले यही पुस ३ गते राति अ.९ बजेतिर रक्सी खाएर आफ्नै घर नजिककी वर्ष ९२ की वृदा हजुरआमा नाता पबिमाया घलेलाई काठको चौपाटाले हानेर हत्या गरेका थिए ।

आईतरामको प्रहारबाट पबिमाया आफ्नै घरको पिँडिमा टाउको फुटेर रगताम्मै भई पुस ४ गते विहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवत्ता प्रकाश दाहाले जानकारी दिनु भयो ।

प्रहरी प्रवत्ता दाहालका अनुसार आईतरामले पबिमायासंग बेलाबेलामा रक्सी खाने पैसा माग्ने गरेका थिए भने दाउरा चोरेको भन्ने निहुँमा सामान्य रिसइवि समेत भएको भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ । त्यस दिनपनि आईतराम रक्सीले मातेर रक्सी कै सुरमा काठको चौपाटा प्रहार गरी हत्या गरेका हुन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा आईतरामको संलग्नता रहेको खुल्न आएपछि सुक्रबार उनलाई ईलाका प्रहरी कार्यलय गजुरीबाट खटिएका प्रहरी टोलीलपक्राउ गरेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस