आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

दार्चुलामा जिप दुर्घटनामा परी एक जनाको मृत्यु, एक घाइते

२०८२ पौष ६, आईतबार मा प्रकाशित ( २ महिना अघि) २१०९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
दार्चुला ६ पुस ।

दार्चुलाको मार्मा गाउँपालिका–३ भसेमा भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। शनिबार राति करिब ९ः०० बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको सुपप्र ०१०(०१ च २६०४ नम्बरको जिप भैसे भन्ने स्थानमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा मार्मा गाउँपालिका–६ का केशवराज जोशी रहेका छन् भने जिप चालक माधव महरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिनु भयो।

घाइते जीप चलकलाई उपचारका लागि लटिनाथ स्वास्थ्यचौकी पठाइएको छ। चालकसहित दुईजना मात्र सवार रहेको उक्त जिप सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस