आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

२०८२ पौष ६, आईतबार मा प्रकाशित ( २ महिना अघि) २४८१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

ताप्लेजुङ -६ पुस ।

ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, लेकुवामा भरुवा बन्दुक पडिकएर एक युवकको मृत्यु भएको छ।

बारुद भर्दै गर्दाको समयमा बन्दुक पड्किँदा २६ वर्षीय फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ जनाएको हो।

स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुक सहित शेर्पाको शव फेला परेको खबर पाएलगतै प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस