
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं -८ पुस । बिबियु
जेनजी युवा पूस्ताहरुको संयुक्त जेनजी आन्दोलन समुहले शोमबार गरेको प्रदर्शनमा प्रहरी दमन भएको भन्दै गम्भीर आपत्ति जनाएको छ। आन्दोलनको तर्फबाट संयोजक मिराज ढुंगाना र आन्दोलन कमाण्डर सुनिल सिंहले संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनमा भएको दमनको निन्दा गरेका छन्।
आन्दोलनरत समुहले आफूहरु सधैं वार्ता तथा सम्वादमार्फत आफ्ना जायज माग पुरा गर्न सरकारसहित सबै सरोकारवाला पक्षहरुसँग सम्वादको ढोका खुला राखेको जनाएका छन्। तर, जबसम्म जेनजी आन्दोलनका मागहरु पूरा नभएसम्म आन्दोलन अझ संगठित र सशक्त रुपमा निरन्तर अघि बढ्ने उनीहरूको चेतावनी छ।
उनीहरुले शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित बनाएर जेनजीमाथि दमन गरिएमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवारी सुशीला कार्की नेतृत्वको सरकारले लिनुपर्ने बताएका छन। आन्दोलन आजहु विहान ११ बजे एकताबद्ध हुँदै अझ सशक्त हुने भन्दै ढुंगाना र सिंहले सहभागी हुनको लागि सबैसँग अपिल गरेका हुन्।
साथै उनीहरुले संयुक्त जेनजी आन्दोलनकारीहरु डर, धम्की र दमनबाट विचलित नहुने पनि चेतावनी दिएका छन् । न्याय, समानता र उत्तरदायी शासन स्थापनाका लागि आफूहरुको संघर्ष जारी रहनेसमेत आन्दोलनकारीले सरकारलाई चेतावनी दिएका छन्। 







प्रतिक्रिया दिनुहोस