
नारी वाटिका संवाददाता
धादिङ -१० पुस । बिबियु
कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी र राजेन्द्र लिङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ।
कुनै बेला एक आपसमा कुरा नमिलेर पार्टी फुटाएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गरी पार्टी एकताको सवाललाई सार्वजनिक गरिएको हो।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार यी दुइ पार्टीका नेतृत्वबिचमा छलफल र सहमति भई पार्टी एकताको घोषणा सभासमेत यही पुस १६ गते राष्ट्रिय सभा गृहमा आयोजना गरिएको बताउनु भएको छ । 












प्रतिक्रिया दिनुहोस