
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -११ पुस । बिबिय
आज जेष्ठनागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। २०५१ पुस ११ गतेदेखी सामाजिक सुरक्षा भत्ता पारित गरिएको दिनलाई स्मरण गर्दै,हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने मुल नाराका साथ शुक्रबार ज्येष्ठ नागरिक दिवस मनाइन लागिएको हो ।
ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै परिवारका अभिभावक तथा जिउँदो भगवानको रुपमा लिइने बावु आमा,हजुर बा हजुर आमालाई सम्मान, संरक्षण र सहभागिता प्रवर्धन गर्नका लागि यो दिवस मनाउन लागिएको हो ।
नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ। स्वास्थ्य सेवा, सम्मानजनक जीवन र सहयोग प्राप्त गर्ने अधिकार संविधानले प्रत्याभूत गरेको छ, कानुनी रपमा भने उनीहरूको गरिमामय जीवनलाई बलियो आधार प्रदान गर्दछ ।
नेपालमा २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई १०० रुपैयाँबाट सुरु भएको वृद्धभत्ता हाल आएर ज्येष्ठ नागरिकले चार हजार रुपैयाँ वृद्धभत्ता पाउने गरेका छन् ।यसै कारण प्रत्यक वर्ष सरकारी कोषबाट करिब १७ लाख ज्येष्ठ नागरिकले वृद्धभत्ता लिँदै आएका छन्।







प्रतिक्रिया दिनुहोस