आज: २०८२ चैत्र १९, बिहिबार | Thu, 02, Apr, 2026

प्रमुख दल फागुन २१ को निर्वाचनमा जान सहमति

२०८२ पौष १२, शनिबार मा प्रकाशित ( ३ महिना अघि) १८६१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -१२ पुस ।

फागुन २१ का लागि तोकिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू सहमत भएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा शनिबार बालुवाटारमा बसेको बैठकमा तीन दलका शीर्ष नेताहरूले चुनावमा जाने प्रतिबद्धता जनाएका हुन्।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली र पुर्व माओवादी तथा नेपाल कमुनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति रहेको थियो । बैठकपछी कांग्रेस सभापति देउवाले सबै दलहरु निर्वाचनमा जान तयार रहेको बताउँदै सरकारले सुरक्षा वातावरण सुनिश्चित गर्नुपर्ने धारणा राख्नु भयो।

यस्तै बैठकमा सहभागी हुनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कमुनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड’ले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस