आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

तराईमा हुस्सु–कुहिरो, पहाडमा आंशिक मौसम बदली

२०८२ पौष १५, मंगलबार मा प्रकाशित ( २ महिना अघि) १४८९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ – १५ पुस । बिबियु

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकाँश जस्तै स्थानमा हुस्सु लागेको छ भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ।

आज दिउँसो तराईका अधिकांश क्षेत्रमा हुस्सु तथा कुहिरो यथावत रहनेछ। त्यस्तै मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने र अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज रातिसम्म नै तराईमा हुस्सु लाग्ने सम्भावना छ । हुस्सु र कुहिरोले बिहानको समयमा जनजीवन,स्वास्थ्य तथा सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकोले महाशाखाले आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस