आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

सितलहरले सोमबारदेखि अवरुद्ध दाउन्ने खण्ड सञ्चालनमा कठिनाइ

२०८२ पौष १६, बुधबार मा प्रकाशित ( १ महिना अघि) १६४४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

नवलपरासी १६ पुस ।

नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्नेमा सितलहरले सडक चिप्लो भएपछी सोमबार बिहानदेखि सडक अवरुद्ध भएको छ ।
उक्त सडकखण्डमा केही दिनदेखि परेको शीतलहरले सडक चिप्लो तथा हिलाम्य बनेपछि अवरुद्ध भएको हो ।

पछिल्लो समय देशभर चिसो बढेको अवस्था छ भने दाउन्नेस्थित खुर्सानी खोला आसपासको सडकमा सवारीसाधन चिप्लिने र उकालो चढ्न नसक्ने समस्या देखिएपछि सोमबार बिहानदेखि राजमार्गमा समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशी अजानकारी दिनु भयो ।

प्रहरी प्रवत्ता जोशीका अनुसार सवारीसाधनको लामो लागेको भएतापनि जाम विस्तारै हटाउने प्रयास भइरहेको छ। बाक्लो हुस्सु र चिप्लो सडकका कारण सवारी सञ्चालनमा कठिनाइ भएको हो । दाउन्नेबाट दुम्कीबास जङ्गलसम्म करिब एक हजार पाँच सय सवारीसाधन जाममा फसेका थिए ।

नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्डका सूचना अधिकारी ई विकास खनालले निर्माणाधीन क्षेत्रमा शीतलहरको प्रभाव अझ बढिरहेकोले मंगलबार एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस