आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

पश्चिमी वायुको आंशिक प्रभावले तराईमा हुस्सु,पहाडी र हिमाली क्षेत्रमा आंशिक मौसम बदली

२०८२ पौष १६, बुधबार मा प्रकाशित ( १ महिना अघि) १२४१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -१६ पुस । बिबियु

आज देशभर पश्चिमी वायुको आंशिक प्रभावले मौसममा केही परिवर्तन छ । वुधबार पनि तराई भूभागका अधिकांश स्थानमा हुस्सु लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक रुपमा मौसम बदली हुने जनाएको छ। यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको बताइएको छ ।

तराई क्षेत्रमा हुस्सु र कुहिरोका कारण हवाई तथा स्थल सवारीसाधन संन्चालनमा प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियसका बिच रहने अनुमान छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस