आज: २०८२ पौष २१, सोमबार | Mon, 05, Jan, 2026

पश्चिमी वायुको प्रभावले पहाड–हिमालमा वर्षा र हिमपातको सम्भावना

२०८२ पौष २०, आईतबार मा प्रकाशित ( १ दिन अघि) ५९० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -२० पुस । बिबियु

हाल देशभरमा पश्चिमी वायुको प्रभाव रहेको छ। यसको प्रभावले पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ।

त्यस्तै आज दिउँसो र राति पनि तराईमा हुस्सु कायम रहने सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भने हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाको भनाई छ।

साथै हालमा देशभरमा बढीरहेको चिसो तथा तराईमा लागेको निरनतरको हुस्सु र कोहिरोको कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य र सडक यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस