आज: २०८२ पौष २७, आईतबार | Sun, 11, Jan, 2026

बालिकालाई करणी गरी हत्या गर्ने व्यक्ति पक्राउ

२०८२ पौष २३, बुधबार मा प्रकाशित ( ४ दिन अघि) १७०६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
सिरहा -२३ पुस ।

सिरहाको कर्जन्हा नगरपालिकामा एक बालिकालाई करणी गरी हत्या गर्ने व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ।

गत मंसिर २२ गते दिउँसो करिब १४ः४५ बजे सिरहाको कर्जन्हा नगरपालिका–२ कमला सिंचाइ नहर नजिकै को झाडीमा कर्जन्हामा एक बालिकाको शब फेला परेको थियो । सोही नगरपालिका–१, बाल्टियाकी १७ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरि झाडीमा फालिएको अवस्थामा भेटिएको हो

नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी),मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय मिर्चैया तथा इलाका प्रहरी कार्यालय बन्दिपुर,सिरहाका प्रहरीका टोलीले सूक्ष्म अनुसन्धानबाट घटनामा संलग्न व्यक्ति पहिचान गर्न सफल भएको हो।

अनुसन्धानले धनुषा जिल्ला, छिरेश्वरनाथ नगरपालिका–३, बटैयाका ४५ वर्षीय राम बालक चौधरी उक्त जघन्य अपराधमा संलग्न रहेको पुष्टि भएपछि उनलाई २१ मा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चौधरीलाई पक्राउ गरी घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि पनि सिरहा जिल्लामा यस्ता घटनाहरु घट्दै आएको छ । साथै नेपाली समाजमा यसैगरी पछिल्लो समयमा बालिकाहरु विशेष गरी आफन्त र चिनेजानेकाहरुबाट निकै असुरक्षित भएको आभास हुन थालेको स्थानीयवासीहरु बाउँछन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस