आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

बाघले एक५७ वर्षीय महिलाको ज्यान लियो

२०८२ पौष २४, बिहिबार मा प्रकाशित ( १ महिना अघि) ११७९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सुर्खेत-२४ पुस ।

सुर्खेतको भेरीगङ्गामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको ज्यान गएको हो । मृत्यु हुनेमा भेरीगङ्गा नगरपालिका–५ सुर्खेत गेरवानी निवासी ५७ वर्षीय गङ्गा सारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनु भयो।

प्रहरीका अनुसार गङ्गा सारु मङ्गलवार बिहान ८ बजे कसैलाई घरबाट जानकारी नदिइ बाहिर निस्केकी थिइन्। सारुलाई गाउँ नजिकैको जंगलबाट निस्केको बाघले
उनलाई आक्रमण गरेपछी उनको मृत्यु भएको हो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस