आज: २०८२ पौष २५, शुक्रबार | Fri, 09, Jan, 2026

नेपाली बजारमा सुनको मुल्य तोलामा २ हजारले घट्यो

२०८२ पौष २४, बिहिबार मा प्रकाशित ( १ दिन अघि) ७४५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२४ पुस ।             बिबियु

पछिल्लो समयमा सुनको मुल्यले आकाश छुन खोजिरहेको बेला आज नेपाली बजारमा तोलामा २ हजारले मुल्य घटेको छ । त्यस्तै चाँदीको भाउ पनि घटेको छ।
आज सुन तोलामा दुई हजार रुपैयाँले मुल्य घटेर प्रतितोला सुनको मूल्य २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको हो।

बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज (बिहीबार) चाँदीको मुल्य पनि प्रतितोला ४ हजार ८३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसको एक दिनअघि चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन हालसम्म कै उच्च मूल्य हो। अन्तर्राष्ट्रिय बजारमा तेल तथा डलरको भाउ घटबड भएको आधारमा नेपाली बजारमा सुनको मूल्य निर्धारण हुने गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस