आज: २०८२ पौष २५, शुक्रबार | Fri, 09, Jan, 2026

प्रहरीका १० एसपीहरुलाई एसएसपीमा बढुवा गर्न सिफारिस(नामावली)सहित

२०८२ पौष २४, बिहिबार मा प्रकाशित ( १ दिन अघि) ७१४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२४ पुस ।   बिबियु

नेपाल प्रहरीको बढुवा सिफारिस समितिले १० जना प्रहरी उपरीक्षक (एसपी))लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाको लागी सिफारिस गरिएको छ ।

बुधवार राति बसेको बढुवा समितिको बैठकको निर्णयले उहाँहरुलाई बढुवा गर्न सिफारिस गरेको हो ।

जनपद प्रहरी तर्फ एसएसपी बढुवाको पहिलो नम्बरमा पर्न सफल राम प्रकाश शाह छन् । त्यसैगरी एसपीहरू भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेश प्रसाद काफ्ले, श्यामसिं चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा बढुवाको लागी सिफारिसमा पर्नु भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) मार्फत प्राविधिक तर्फका दुई दरबन्दी जनपद समूहतर्फ स्थानान्तरण गरिएको र मन्त्रिपरिषद्को निर्णयबाट एक पद थप भएपछि कुल १० जनालाई बढुवा सिफारिस गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस