आज: २०८२ पौष २६, शनिबार | Sat, 10, Jan, 2026

जाजरकोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ४ घाइते

२०८२ पौष २५, शुक्रबार मा प्रकाशित ( १४ घण्टा अघि) ३४२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सुर्खेत -२५ पुस ।

जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

छेडागाड– ८ बाहार्नाखोलास्थित भित्री सडकमा भएको दुर्घटनामा परी दुईको घटनास्थलमै ज्यान गएको हो ।

आज बिहान छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नं को डबल क्याब बोलेरो जिप ब्रेक फेल भएर सडकबाट करिव १५० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा छेडागाड नगरपालिका–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी, २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिनु भयो।

घाइते हुनेहरुमा छेडागाड–९ का २४ वर्षीय कृष्ण अधिकारी, वडा नम्बर ८ की २० वर्षीया लक्ष्मी खत्री, वडा नं ९ का ३९ वर्षीय बीरबहादुर रोकाय, दैलेख नौमुले गाउँपालिका–६ का २३ वर्षीया शीतला रावत छन् । घाइतेको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस