आज: २०८२ पौष २७, आईतबार | Sun, 11, Jan, 2026

आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस

२०८२ पौष २७, आईतबार मा प्रकाशित ( ८ घण्टा अघि) २१८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२७ पुस । बिबियु

आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस। टुक्रा गुक्रामा विभाजित भएको नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहले गरेका साहसी कामको सम्झनामा विभिन्न कार्यक्रमका साथ आज ३०४औँ पृथ्वीजयन्ती मनाईँदैछ। तत्कालीन बाइसे(चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेकोले यसको श्रय राजा पृथ्वीनारायण शाहलाई दिएको हो ।

तत्कालीन गोर्खा राज्यका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेष्ठ सुपुत्रका रूपमा १७७९ पुस २७ गते पृथ्वीनारायणको जन्म भएको थियो। २० वर्षको उमेरमा राजा बनेका पृथ्वीनारायणले बाइसे चौबीसे राज्यहरूलाई एक सूत्रमा आबद्ध गर्ने नीति अपनाएका थिए।

१८२५ सालमा इन्द्रजात्राका दिन आक्रमण गरी उनको फौजले काठमाडौंमाथि विजय प्राप्त गरेको थियो। यसपछि उनले एकीकृत नेपालको राजधानी काठमाडौंलाई बनाउन सफल भए।

पृथ्वीनारायणले शुरू गरेको एकीकरण अभियान छोरा बहादुर शाहको पालासम्म बढ्दै गएर नेपालको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको छ। पछि नेपाल(अंग्रेज युद्धका क्रममा नेपाल अहिलेको क्षेत्रफलमा समेटिन पुगेको थियो।

सोही बेलादेखी नेपाललाई चार जात छत्तीस वर्णको साझा फूलबारी भनिन्छ । मेरा साना दुःखले अर्ज्याको मुलुक होइन, सबैलाई चेतना भया’, ‘आफ्ना देशका कपडा बुन्नु, जान्यालाई नमूना देखाई सघाउनु, बुन्नु र बुन्न लगाउनु’,लगायत उनका कैयौँ उद्गार भावका शब्दहरु आज पनि उत्तिकै सान्दर्भिक छ।

५२ वर्षको उमेरमा १८२५ माघे संक्रान्तिका दिन नुवाकोटको देवीघाटमा उनको निधन भएको थियो। पृथ्वीजयन्तीका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस