आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

नारी जागरण केन्द्रद्वारा महिला भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न

२०८२ पौष २८, सोमबार मा प्रकाशित ( १ महिना अघि) ९९२१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२८ पुस । बिबियु

नारी जागरण केन्द्र धादिङले भव्य रुपमा वनभोज तथा महिला भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रद्वारा स्थापित नारी विकास बचत तथा ऋण सहकारी संस्थासंगको सयुक्त आयोजनामा धादिङको निलकण्ठ नगरपालिका वडा नं. ८ रामकोट स्थित मनकामना परिसरमा सम्पन्न कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर एवं् नेपाल नगरपालिका महासंघका अध्यक्ष भिमप्रशाद ढुंगानाको आतिथ्यता रहेको थियो । एकै ठाउँमा आयोजना भएको महिला भेटघाट तथा वनभोज समारोहको प्रमुख अतिथी ढुंगानाले आफुनो जन्म थलो नगरपालिका ८ नं. वडा रामकोट स्थित मनकामनामा धेरै वर्ष पहिला वृक्षारोपण गरी त्यस सुख्खा डाँडालाई हरियाली बनाएको बताउनु भएको थियो ।

मेयर ढुंगानाले भन्नु भयो हाल त्यस स्थानमा सपाजसेवी ठाकुर कुमालको संयोजत्वमा मनकामना माईको मन्दीर निमार्ण गरी उक्त स्थानलाई धार्मिक स्थलको रुपमा परिचित गराएकोमा आफुलाई खुसी लागेको बताउनु भयो ।

केन्द्रका कार्यकारी निर्देशक तथा नारी विकास सहकारीकी अध्यक्ष भगवती उप्रेतीको संयोजत्वमा आयोजना भएको उक्त कार्यक्रममा मेयर ढुंगानाले नारी जागरण केन्द्रले महिला तथा बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको बताउनु भयो ।उहाँले नारी जागरण केन्द्रले महिला सशक्तीकरणको क्षेत्रमा पुर्याएको योगदानको प्रसम्सा गर्दै विगतको तुलनामा पछिल्लो समयमा महिलाहरु आफुनो कार्यमा सक्षम भएको भन्दै सशक्तीकरणले महिलाहरु कुनै न कुनै रोजगारीमा उन्मुख भएको भएको भयो । वनभोज कार्यक्रममा सहभागी महिलाहरु नाचेर गाएर खुबै रमाईलो गरेका थिए ।

कार्यक्रममा संयोजक उप्रेतीले केन्द्र तथा नारी विकास सहकारी संस्थाको आयोजनामा प्रत्येक वर्ष महिला भेला,समुह भेटघाट तथा वनभोज कार्यक्रमलाई निरनतरता दिँदै आएको बताउनु भयो ।

कार्यक्रममा नारीजागरण केन्द्रका सदस्यहरु, सहकारीका सेयर सद्स्यहरु , समुहका प्रतिनिधिहरु,संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

साथै वनभोज कार्यक्रम व्यवस्थापनमा केन्द्र तथा सहकारीका कार्य समिति तथा उपसमितिका पदाधिकारी र संस्थाका कर्मचारीहरुको मुख्य भुमिका रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%२%

प्रतिक्रिया दिनुहोस