आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

गायक प्रशान्त तामाङको ४३ वर्षको युवा उमेर मै हृदयघातबाट निधन

२०८२ पौष २८, सोमबार मा प्रकाशित ( १ महिना अघि) १२७२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ २८ पुस । बिबियु

२००७ का इन्डियन आइडल विजेता तथा लोकप्रिय गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।

नेपालमा जन्मिएर इन्डियामा कर्मथलो बनाउँदै आउनु भएका तामाङको ४३ वर्षको युवा उमेर मै आइतबार दिउँसो दिल्लीस्थित आप्mनै निवासमा कार्डियक अरेस्टका कारण असामयिक निधन भएको हो ।

उनको स्वास्थ्यमा समस्या आएपछि दिल्लीको द्वारकास्थित एक अस्पातालमा लगिए पनि अस्पतालले निधनको पुष्टि गरेको थियो । लोकप्रिय भारतीय गायन रियालिटी सो इन्डियन आइडल सिजन–३ मा भाग लिएर संसार भरका नेपाली भाषीमात्र नभई भारत लगायतका देशमा समेत ख्याति कमाउनु भएका तामाङले नेपाली, भारतीयसहित विभिन्न भाषामा गीत गाएका छन् ।

तामाङका असारै महिनामा, मन साइली, रातो रानी, अरे क्या नाम, घामको माया, गोर्खा पल्टन जस्ता थुप्रै गीतहरू गायर उनी निकै लोकप्रिय बनेका थिए। तामाङले गायनका साथमा अभिनयमा पनि उत्तिकै परिचित थिए। तामाङले नेपाली फिल्म गोर्खा पल्टन, गोर्खा पल्टन २, परदेशी, परदेशी २, अँगालो यो मायाको, निशानी जस्ता नेपाली फिल्ममा योगदान पुर्याएका छन् ।

त्यस्ते तामाङले पछिल्लो समय अमेजन प्राइमको पाताल लोकजस्तो ओटीटी सिरिजमा समेत अभिनय गरेर मन जित्दै आउनुभएको थियो । अभिनेता सलमान खानका साथ बलिउड फिल्म ब्याटल अप गलवानमा समेत अभिनय गरेका उनको सो फिल्ममा डबिङको काम भने अधुरै रह्रयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस