आज: २०८२ पौष २९, मंगलबार | Tue, 13, Jan, 2026

बैतडीमा जीप दुर्घटना,३ जनाको मृत्यु,जीपमा कतिजना सवार थिए ? यकिन भएको छैन

२०८२ पौष २८, सोमबार मा प्रकाशित ( १६ घण्टा अघि) ६५२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

बैतडी -२८ पुस।

बैतडीको साडीघाटीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। जयपृथ्वी राजमार्ग अन्तरगत बैतडीको पाटन नगरपालिका(८ मोतिनगरबाट डडेल्धुरा तर्फ जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंह जानकारी दिनु भयो। मृत्यु हुनेमा तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेको प्रहरीको भनाई छ।

यसका साथै उक्त जीपमा कतिजना सवार रहेका थिए भन्ने समेत खुल्ने नसकेको प्रहरकिो भनाई छ । तर अन्य सबै यात्रुहरु घाइते भएको बताइएको छ। घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस