आज: २०८२ फागुन १५, शुक्रबार | Fri, 27, Feb, 2026

आज पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

२०८२ फागुन १५, शुक्रबार मा प्रकाशित ( २ घण्टा अघि) ६५२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -१५ फागुन

हाल उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली छ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्ने र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। सुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

साथै आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्ने र कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा भनेचट्याङसहितको हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस