
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१५ फागुन
निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी, गैरसकारी संस्था र सञ्चार माध्यम गरी हालसम्म ८७ वटा आचारसंहिता उल्लंघनका उजुरीमाथी सम्बन्धमा सोधपुछ गरिरहेको छ ।
निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा आयोगले ८७ वटा उजुरीविरुद्धमा सोधपुछ गरिएकोमा हालसम्म ५७ वटाको मात्र जवाफ प्राप्त भएको आयोगले जनाएको छ ।आयोगले हालसम्म ८१ जनालाई लिखित स्पष्टीकरण र छ जनालाई पुनः स्पष्टीकरण सोधिएको थियो ।
आयोगमा उजुरी दर्ता भएका सञ्चार माध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण लगायत कारबाहीका लागि लेखी पठाइएको बताएको छ ।
केही अनलाईनले मत सर्वेक्षण गरी दलका केही उम्मेदवार निर्वाचित हुने किटाणी गरी समाचार सामग्री प्रकाशन गरेकाले उनीहरुविरुद्धमा प्रेस काउन्सिलमार्फत नै स्पष्टीकरण सोधिएको र उनीहरुविरुद्ध कारवाही चलाउन सिफारिस समेत गरेको हो ।
आचारसंहिताको कार्यान्वयनका लागि जिल्लादेखी केन्द्रसम्म निर्वाचन आचारसंहिना उल्लंघनविरुद्धका उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको आयोगले जनाएको छ । केन्द्रीय र जिल्ला अनुगमन समितिका अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेको आयोगले जनाएको छ ।
आचारसंहिता, उल्लंघन २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई र आर्थिक क्षेत्रको जिम्मेवारी सबै प्रमुख कोष नियन्त्रकलाई अनुगमन गर्न अधिकृत तोकिएको छ ।







प्रतिक्रिया दिनुहोस