आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

यसपटक मतदान सकिएकै दिन साँझदेखि मतगणना सुरु गरिने

२०८२ फागुन १६, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -१६ फागुन ।

निर्वाचन आयोगले यसपटक मतपेटिका सङ्कलनको समय घटाउने र मतदान सम्पन्न भएकै दिनको साँझदेखी मतगणना कार्थ सुरु गर्ने गरी तयारी गर्दैछ। यससंगै मतदाता प्रतीक्षाको समयसमेत छोट्याउन तयारी गर्न लागिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनु भयो ।

आयोगले मतदान सकिनासाथ छिटै निर्वाचनको नतिजा सार्वजनिक गर्न मतगणनाको कार्य पनि छिटै गर्ने तयारी गर्न लागिएको हो । आयोगका प्रवक्ता भट्टराईका अनुसार विगतमा भएका निर्वाचनको अनुभवहरूलाई ध्यानमा राख्दै यस निर्वाचनमा मतपेटिका सङ्कलन गर्ने समयलाई सकेसम्म घटाइने बताउनु भयो।

साथै सोही योजना अनुसार मतदान सकिएकै दिन साँझबाट मतगणनाको कार्य पनि थालनी गर्नको लागी आयोगले तिब्र रुपमा तयारी गरिएको हो।

यसका लागि राजनीतिक दलहरूसँगको समन्वयमा मतदान हुनुपूर्व नै मतगणना स्थल र आवश्यक व्यवस्थापन मिलाइसकिने उनले।

मतदाताहरूको नतिजा सुन्ने व्यग्रतालाई सम्बोधन गर्न आयोगले यो ‘गुड इन्टेन्सन’ राखेको प्रवक्ता भट्टराईले स्पष्ट पारे।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस