
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१६ फागुन ।
लमजुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उमेश ढुंगाना चुनावको मुखमै आएर निलम्बनमा पर्नु भएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेश ढुंगानाबिरुद्धमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसंगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिडिओ ढुंगानालाई निलम्बन गरिएको जनाएको छ ।
उनीसंगै यातायात व्यवस्था कार्यालय नेपालगंज बाँकेका तत्कालीन कार्यालय प्रमुख लोक बहादुर सुनार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिवसमेत ३२ जनाविरुद्धमा गलत लिखत एवं गलत प्रतिवेदन तयार तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको हो
ढुंगाना यसअघि उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सहसचिव हुन् । साथै उनी सहकारी विभागको रजिष्ट्रार तथा सहसचिव हुन्। यसअघिका सिडिओ डाक्टर टोकराज पाण्डे गण्डकी प्रदेशमा सरूवा भएपछी ढुंगानालाई सिडिओको जिम्मेवारी दिएर लमजुङ खटाइएको थियो ।







प्रतिक्रिया दिनुहोस