आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

मतदाता परिचयपत्र नहुंदा यी ५ मध्ये एक कागजातले भोट दिन पाईने

२०८२ फागुन १९, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) ५९० पटक पढिएको
नारी बाटिका


निर्वाचन आउन अब दुई दिन मात्रै बाँकी

बिबियु, नारी वाटिका संवाददाता
धादिङ १९ फागुन ।

–नागरिकताको प्रमाणपत्र
–राष्ट्रिय परिचयपत्र
–राहदानी
–जग्गाधनी प्रमाणपुर्जा
–सवारी चालक अनुमति

आसन्न प्रतिनिधिसभा निर्वाचन आउन अब दुई दिन मात्रै बाँकी छ । निर्वाचनमा आफ्नो भोट दिनको लागी मतदातापत्र नभएका वा हराएका मतदाताले यी कागजात मध्य कुनै एक कागजात भएका मतदाताले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले मतदाता परिचयपत्र उपलब्ध गराउन नसकेको र परिचयपत्र हराएका मतदाताले उल्लेखित एक कागजात भएमा मतदान गर्न पाउने व्यवस्था गरिएको जनाएको छ ।

निर्वाचन व्यवस्थापन सुरक्षा निर्देशिका २०८२ को दफा ६ मा उल्लेख भए बमोजिम निर्वाचन शान्तिसुरक्षा कायम गर्ने र सोही दफाको खण्ड ‘ख’ को (झ) मा उल्लेख भएका मतदान निर्देशिका २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा र सवारी चालक अनुमतिमध्ये कुनै एक कागजात देखाएर मतदान गर्न पाउने व्यवस्था गरेको हो ।

आयोगले मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा, सुत्केरी तथा शिशुसहितकी आमा,अशक्त र अपाङ्गता भएका मतदाताका लागि लाइनमा बस्न नपर्ने गरी विशेष प्राथमिकताको व्यवस्था गरेको छ ।

निर्वाचन आचारसहिता अनुसार गएराति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण रुपमा सम्वन्धित सबैले पालना गर्न गराउन गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

यसका लागी जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम आचारसहिताविपत कार्य गर्ने गराउने गरेमा कारबाही गरिएकोबारे जानकारी दिन अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस