आज: २०८२ चैत्र ५, बिहिबार | Thu, 19, Mar, 2026

निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति पौडेलसमक्ष बुझाइने

२०८२ चैत्र ५, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) ७४५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -५ चैत ।

निर्वाचन आयोगले फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा खसेको मत परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउँदैछ।

यस्तै आयोगले बिहीवार बिहान ११ ३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र पनि दिने कार्यक्रम छ । उक्त कार्यक्रम सकेर आजै दिउँसो निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष बुझाउने तयारी गरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताउनु भयो।

आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाउने कार्य सकेर आजै बेलुकी नै ५ ३० बजे आयोगको केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टरको हलमा पत्रकार सम्मेलन पनि गर्ने तयारी छ।

प्रतिनिधिसभा निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएपछि आयोगले नेपालको संविधानको २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठन गर्न सबै भन्दा वहुमत ल्याएर विजयी भएका रास्वपालाई आयोगले आह्वान गर्नेछ।

त्यसपछी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनका लागि एकल रूपमा स्पष्ट बहुमत प्राप्त गरेको कारण रास्वपा कै नेतृत्वमा सरकार गठन गर्नेछ। दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाको उपस्थितिमा रास्वपाका कुल १८२ सांसद निर्वाचित भएको कारण रास्वपाले नै एकल सरकार गठन गर्न पाउने संविधानिक व्यवस्था छ।

समानुपातिक निर्वाचनतर्फ पनि रास्वपाबाट ५७ ,नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी) १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चार र चार जना सांसद निर्वाचित भएको आयोगले सोमवार नै घोषणा गरिसकेको छ।

पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ रास्वपा १२५, कांग्रेस १८, एमाले नौ, नेकपा आठ, श्रम संस्कृति पार्टी तीन, राप्रपा र स्वतन्त्र एक र एक स्थानमा निर्वाचित भएका छन्।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी प्रतिनिधिसभामा कुल २७५ जना सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस