
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धार्दिङ -१३ वैशाख।
हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले आज देशभरका विभिन्न स्थानमा मौसम बदली भएको छ। अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश देशकासहित देशका हिमाली तथा पहाडी भुभागमा साधारणतया मौसम बदली भएको छ ।
साथै सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बागमती प्रदेशका एकदुई स्थानमा मेगगर्जनसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ।
त्यसैगरी आइतबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत हिमाली तथा पहाडी भुभागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा मधेश सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भुभागका एक -दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। यस्तै लुम्बिनी प्रदेशको तराई भागका केही स्थानमा वर्षा हुन सक्नेछ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा तापक्रम पनि बढ्ने महाशाखाले जनाएको छ।
आज राति हिमाली तथा पहाडी भुभागमा साधारणतया बदली हुने तथा तराई भेगमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही क्षेत्रमा पनि हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
यस्तै आज देशभरकाअधिकांश स्थानमा तापक्रम क्रमशः बढ्दै जाने अवस्था छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँचमा तापक्रम बढ्ने सम्भमवना रहेकोले त्यस क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।








प्रतिक्रिया दिनुहोस