आज: २०८३ बैशाख १४, सोमबार | Mon, 27, Apr, 2026

बागमतीसहित आज यी प्रदेशमा चट्याङ र वर्षाको सम्भावना

२०८३ बैशाख १४, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) ७४५ पटक पढिएको
नारी बाटिका


बिबियु- नारी वाटिका संवाददाता
धार्दिङ -१४ वैशाख।

हाल देशभर पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी क्षेत्र नजिक तल्लो वायूमण्डलमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ।

अहिले कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अन्य भूभागमा आंशिक बादल लागेको जनाएको छ।

यस्तै आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेश लगायतका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । साथै बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

आज कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ।

विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा भने तातो लहर चल्ने भएकोले गर्मी हुने सम्भावना जनाएको छ। आज राति, हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने, पहाडी र तराई भेगमा आंशिक बादल लाग्ने जनाएको छ। कोसी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बाँकी हिमाली भेगका केही स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस