आज: २०८३ आश्विन १४, बुधबार | Wed, 30, Sep, 2026

लामो दूरीका गाडीमा दुई चालक अनिवार्य राख्न ट्राफिक प्रहरीले कडाई गरिँदै

२०८३ आश्विन १४, बुधबार मा प्रकाशित ( २४ मिनेट अघि) ३११ पटक पढिएको
नारी बाटिका


साथै बढी भाडा असुले कारबाही हुने

बिबियु,नारी वाटीका डट्कम
धादिङैं -१४ असोज ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीका रात्रिकालीन सार्वजनिक यातायातमा दुई चालक अनिवार्य राख्नने गरी कडाई गर्ने भएको छ ।

लामो दुरीमा चल्ने विशेषगरी रात्रिकालीन सार्वजनिक सवारीसाधनमा एकजना मात्रै चालकले सवारी चलाउँदा थकाई लाग्ने,निन्द्रा लाग्ने आदी कारणले दुर्घघटनाको जोखिम हुंदै आएकोले यस्तो व्यवस्था पहिले नै बनेको भएपनि कार्यान्वयनमा आएको थिएन ।

यसका साथै नेपालीको ठुला चाडपर्वका समय राजधानीबाट झन्डै ९० प्रतिशत मानिसहरु उपत्यकाबाट आफ्ना थापथलो तिर लाग्ने र उनीहरु देशका दुर्गम भेगसम्म जानु पर्ने भएकाले लामो दुरीका रात्रिकालीन सवारीसाधनबाट यात्रा गर्ने गर्दछन् ।

त्यसमाथी पनि यस वर्ष त झन् हालसम्म पनि बाढी पहिरोले सडकहरु क्षति भएका कारण अझै थप जोखिम बढेको अवस्थामा यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले उक्त नियम कार्यान्वयन गराउन त्यस तर्फ निगरानी बढाउन लागेको हो।

विगतमा जस्तै चाडपर्वका समयमा आवागमनका लागी यात्रुको चाप अत्याधिक बढ्ने र अघिपछी भन्दा रातिको समयमा लामो दूरीका बस सञ्चालन हुने भएकाले चालकको थकानका कारण हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न कडाइ गर्न लागिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताउनु भयो।

लामो दुरीको गाडीहरुमा दुई चालक भएमा चालकले पालैपालो सवारी चलाउन सक्ने र लामो यात्रामा चालकको थकान व्यवस्थापन हुने भएकोले यो व्यवस्थालाई निरनतर गरिएको अवस्थामा नेपालका अधिकांश जस्तै सडकमा यात्रा गर्दा निकै जोखिम बन्दै आएकोले यसबाट दुर्घटनामा न्युनिकरण हुने अपेक्षा गरिएको छ।

यात्रुलाई सुरक्षित यात्रा गराउने, सवारी दुर्घटना नियन्त्रण गर्ने र यात्रु ठगीका घटनालाई रोक्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको र अब यो नियमलाई कार्यन्वयनमा आएपछी एकजना मात्रै चालक राखेर गाडी चलाएको पाईएमा कारबाही गरिने उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताउनु भयो ।

त्यसैगरी,चाडपर्वको मौका छोपेर यात्रुबाट बढी भाडा असुल्ने, टिकटमा अनियमितता गर्ने तथा यात्रुलाई असुविधा हुने खालको गतिविधि रोक्न सम्बन्धित निकायसँग समन्वय गरी कडाई गरी प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑