आज: २०८३ श्रावण ८, शुक्रबार | Fri, 24, Jul, 2026

नागढुंगा सुरुङमार्ग ११ साउनमा गरिने उद्घाटनको तयारी

२०८३ श्रावण ८, शुक्रबार मा प्रकाशित ( २0 मिनेट अघि) ६२१ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका डटकम

धादिङ -८ साउन ।

लगभग देशकै पहिलो आधुनिक रुपमा निर्माण गरिएको ‘नागढुंगा सुरुङमार्ग’ यही साउन ११ गते हुने उद्घाटनको लागी तिब्र रुपमा तयारी भइरहेकोछ।

धादिङ जिल्ला पृथ्वी राजमार्ग अन्तर्रगतको धुनिवेशी नगपालिकामा पर्ने सिस्नेखोलादेखी काठमाडौंको नागढुंगासम्मको सुरुङमार्ग’ सडक विस्तारका क्रममा सडक विभाग नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सुरुङमार्ग निर्माणको काम सम्पन्न गरी परिक्षणसमेत भइसकेको छ ।

अब उद्घाटनको लागि आवश्यक तयारी भईरहेको उप आयोजना निर्देशक एवं सूचना अधिकारी सञ्जय पन्थीले बताएका छन्।

निर्देशक एवं सूचना अधिकारी पन्थीका अनुसार साउन ११ गते उद्घाटन गर्ने तयारी छ। यसका लागि पूर्वाधार विकास मन्त्रालयलाई जानकारी पनि गराइएको जनाइएको छ।

आयोजना व्यवस्थापनको साउन ११ गते उद्घाटन गर्ने तयारी छ,। यसमा मन्त्रालयले पनि सहमति जनाएको अवस्थामा त्यसै दिन उद्घाटन हुन्छ,’उनको भनाइ थियो । धादिङको सिस्नेखोलादेखी काठमाडौंको नागढुंगासम्मको सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ किलो मिटर रहेको छ।

सुरुवाती ठेक्का सम्झौतानुसार यस आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनु पर्ने भएपनि ठेकेदार कम्पनीको ढिला सुस्ती र स्थानीयवासीको अवरोधका कारणले यस आयोजना निर्माणको कामले गति लिन सकेको थिएन।

हाजमा कर्पोरेशन जापानी कम्पनीले निर्माणको जिम्मा लिएको यस सुरुङमार्ग निर्माणको लागत जाइकाको १६ अर्ब सहुलियत ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब गरी करिब २२ अर्ब लागतमा बनेको यो सुरुङमार्ग अब भने आयोजनाको काम सम्पन्न भई सञ्चालनको लागी तयारी गरिएको हो।

बोलपत्रमार्फत युसिन-एआरटी जेभी युसिन चिनियाँ कम्पनी र एआरटी नेपाली कम्पनीले सुयुत्त रुपमा एक अर्ब १० करोड लागतमा पाँच वर्षका लागि सुरुङमार्गको सञ्चालन, व्यवस्थापन र मर्मत सम्भार लगायतको जिम्मेवारी पाएको छ ।

आयोजनाका अनुसार नागढुंगा–नौबिसे सुरुङमार्गमा गुड्ने सवारीसाधनबाट तीन तरिकाबाट दस्तुत उठाउने गरी व्यवस्था मिलाएको छ।

जस अनुसार पहिलो सवारी चालकबाट नगदै लिने दोस्रो ‘क्यूआर कोड’ स्क्यानिङ गरेर र सवारीसाधनमा टाँस्ने स्टिकरलाई उच्च क्षमताको क्यामेरामार्फत रिड गरेर पनि भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ।

तेस्रो तरिका भनेको डिजिटल प्रणालीबाट शुल्क भुक्तानी गर्नका लागि ‘आरएफ आईडी कार्ड’ जारी गर्न एउटा निजी वाणिज्य बैंकसँग सम्झौता पनि भइसकेको व्यवस्थापन कम्पनीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस